निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह
काठमाडाैं | असार १, २०८२
काठमाडौं: इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक निर्देशनको पालना गर्दै सुरक्षित बस्न आग्रह गरेको छ ।
राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि शुरु गरेको जनाएको छ ।
राजदूतावासले हाल चलिरहेको इजरायल–इरान युद्धका क्रममा इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको उल्लेख गरेको छ ।
यस्तो स्थितिमा इजरायलको होम फ्रन्ट कमाण्डले सर्वसाधारणका लागि लगातार जारी गरिरहेको अध्यावधिक निर्देशनहरुलाई पालन गर्न नेपालीलाई आग्रह गरेको छ । अहिलेको परिस्थितिमा इजरायलमा शैक्षिक संघ संस्था एवम् अत्यावश्यक बाहेकका कार्यालय बन्द छन् । अहिले सभा तथा भेला नगर्न निर्देशन जारी गरिएको छ ।
‘‘इजराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रत...

